FLASH NEWS
  • Loading...

उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रियसभा निर्वाचन र प्रमलाई शुभकामना

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको संयन्त्रको बैठकले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेको हो ।

बैठकले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्न मतदातालाई अपिल गर्ने निर्णय गर्दे प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना पनि दिएको सरकारका प्रवक्ता ज्ञोन्द्रबहादुर कार्कीकाले जानकारी गराउनु भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल भएको प्रवक्ता कार्कीले बताउनु भएको छ । त्यसै सन्दर्भमा पौडेलले बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित