FLASH NEWS
  • Loading...

ललिता निवास जग्गा प्रकरणका फरार अभियुक्त पक्राउ

  • गोल्डेन खबर
  • २ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

ललितानिवास जग्गा हिनामिना प्रकरणमा बिचौलियाको मुख्य भूमिका खेलेका दुईजनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई गएराति पक्राउ गरेको हो ।

मंगलबार राति पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ ।

सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि म्याद थपको प्रकिया अघि बढाइएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका दुवैजनामाथि गम्भीर अनुसन्धान भइरहेको र म्याद थप गरेर थुनामा राखिएको बताए । यसअघि नै सिआइबीले उनीहरूको खोजतलास गरे पनि उनीहरू फरार थिए ।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य व्यक्ति रहेको सुबेदी दम्पती बिरुद्ध थप अनुसन्धान जारी रहेको उनले बताए । सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

पक्राउ परेका दम्पती सिआइबीको नियन्त्रणमा छन् । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा दम्पतीले तत्कालीन भोगाधिकार सुवर्णशमशेरको परिवार र उनका नातेदारसँग बिचौलियाको भूमिका खेलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित