FLASH NEWS
  • Loading...

एमसिसी परियोजना ऋणमा नभई निःसर्त अनुदान— गृहमन्त्री खाण

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

गृहमन्त्री बालकृष्ण खाणले एमसिसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाणले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उनले बताए ।
एमसिसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको प्रतिक्रिया दिएका हुन् । उनले एमसिसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको बताए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले भने, ‘एमसिसी पूर्ववर्ती सरकारहरूको पालोमै अगाडि बढेको हो। नेपालको विकासका लागि नेपाल सरकारले नै एमसिसीको प्रस्तावलाई अगाडि बढाएको हो। नेपाल सरकार र एमसिसी परियोजनाको बीचमा धेरै वर्षअगाडि नै सम्झौता भएको हो। त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व पनि हो।’
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसिसी परियोजना आएको उनले उल्लेख गर्दै “एमसिसी संसदबाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको उल्लेख गर्दै उनले छलफलबाट निष्कर्ष निकालेर अघि बढ्ने” बताए ।
गृहमन्त्री भन्नुहुन्छ–, ‘एमसीसीको बारेमा केही भ्रम पनि होलान् । यो अमेरिकी सरकारले गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको पनि ट्रान्समिसन स्थापनाका लागि र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई उहाँहरुले स्वीकार गर्नुभएको हो । यो निशर्त अनुदान हो । एमसीसीको जुन परियोजना छ, त्यो ऋणमा होइन, अनुदानमा हो ।’
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित