FLASH NEWS
  • Loading...

यस्तो बनेको छ – नेपाली काँग्रेस

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी सहित सबै निवाचित केन्द्रीय सदस्यहरुको टुंगो लागिसकेको छ । प्राप्त नतिजालाई आधार मान्दा सभापति शेरबहादुर देउवा पदाधिकारी र केन्द्रीय सदस्यमा स्पष्ट बहुमतमा देखिएका छन् ।
पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा पक्षधर ८ जना जितेका छन् ।
देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए ।
सभापति–शेरबहादुर देउवा, उप–सभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा,सहमहामन्त्री, महिला–महालक्ष्मी उपाध्याय “डिना” दलित– जीवन परियार, आदिवासी जनजाति–भीष्मराज आङ्देम्बे, खसआर्य–किशोरसिंह राठौर, मधेसी–महेन्द्र यादव, मुस्लिम– फर्मुल्लाह मंसुर, थारु–उमाकान्त चौधरी, पिछडिएको क्षेत्र–बद्री पाण्डे
सदस्यहरु ः
शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरू बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित, कृष्णकिशोर घिमिरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित