FLASH NEWS
  • Loading...

सहमहामन्त्रीको तर्फको प्रारम्भिक मत परिणाम

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १०६ पटक पढिएको
Post Thumbnail

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेको सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार शेरबहादुर देउवा समूहका ४ जना उम्मेदवारले अग्रता लिएका छन् भने एकमा शेखर समूहका उम्मेदवारले अग्रता लिएका छन् ।
देउवा समूहका खसआर्यतर्फ किशोरसिंह राठौर, थारुतर्फ उमाकान्त चौधरी, मधेसीतर्फ महेन्द्र यादव र मुस्लिमतर्फ फर्मुल्लाह मन्सुरले अग्रता लिएका छन् । त्यस्तै शेखर कोइराला समूहका पिछडिएको क्षेत्रतर्फको बद्री पाण्डेले अग्रता लिएका छन् ।


यस्तो छ पछिल्लो मतपरिणाम ः
मुस्लिमतर्फ (जम्मा गणना १२९५)
१) फरमुल्लाह मन्सुर–७२९
२) शेख वकिल– ५२९
मधेशीतर्फ (जम्मा गणना १६५०)
१) महेन्द्र यादव– ८३५
२) रञ्जित कर्ण– २१८
३) रामकृष्ण यादव– ५९१
थारुतर्फ (जम्मा गणना १७७७)
१) उमाकान्त चौधरी– ९८३
२) तेजुलाल चौधरी– ७६९
खस आर्यतर्फ जम्मा गणना १९९५)
१) देवराज चालिसे– ८४९
२) किशोर सिंह राठौर– ११०३
पिछडिएको क्षेत्रतर्फ
(जम्मा गणना १६११)
१) बद्री पाण्डे– ७९४
२) जीवनबहादुर शाही– ७२९
३) चेतराज बजाल–३५

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित