- Loading...
तीन प्रस्ताव कांग्रेस केन्द्रीय कार्यसमितिबाट पारित
- गोल्डेन खबर
- ३ साल अघि
- १७० पटक पढिएको
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले महाधिवेशन सम्बन्धी तीन प्रतिवेदनहरु पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४औं महाधिवेशन सम्बन्धी प्रतिवेदनहरु पारित गरिएकोे प्रवक्ता विश्वप्रकाश शर्माले “गोल्डेनखबर” लाई जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानका तर्फबाट उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आर्थिक प्रतिवेदन, र महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका तर्फबाट खड्काले पेस गरेका सांगठनिक प्रतिवेदन पनि बैठकले पारित गरेको छ । प्रतिवेदनअनुसार कांग्रेसको कोषमा १० करोड मौज्दात बाँकी रहेको छ। पनि बैठकबाट पारित भएको छ ।
आजको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन अनुमोदनसम्बन्धी प्रस्ताव पनि पेस भएको प्रवक्ता शर्माले जानकारी दिए । सो प्रस्ताव भने महाधिवेशनबाट पारित हुनुपर्नेछ ।