FLASH NEWS
  • Loading...

(Untitled)

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १६९ पटक पढिएको
(Untitled)

प्रचण्ड , नेपाल, ओलीसँग एउटै मञ्चमा

नेपाली कांग्रेसको चौधौं महाधिबेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् । विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।
नेपाली कंग्रेसको चौधौं महाधिबेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ ।
२३ फागुनको सर्वोच्च अदालतको फैसलाले पार्टी विभाजन भएपछि त झन् ओली–प्रचण्ड दुई किनाराजस्ता भएका छन् । ओलीसँग प्रचण्ड र नेपालको बोलचाल नभए पनि संसदमा आमुन्ने–सामुन्ने त थियो । तर, गत ११ कात्तिकमा संसद्को अधिवेशन सकिएपछि भने तीनैजना नेता आमुन्ने–सामुन्ने पनि छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित