FLASH NEWS
  • Loading...

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८९ पटक पढिएको
संघीय  संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य


काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । संसदअधिवेशन राष्टपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आजदेखि अन्त्य गर्नुभएको हो ।

मन्त्रिपरिषदकने सोमबार बिहान बसेको बैठकले विधेयक अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजित प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापित गरेको थियो। सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो।

विधेयक अधिवेशन हुनुपर्ने भए पनि सत्ताको खिचातानी तथा सभामुखसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको टकरावका कारण यो अधिवेशनमा कुनै पनि विधेयक पेश हुन सकेन।

विधेयक अधिवेशन अन्त्य भए पनि चाँडै नै बजेट अधिवेशन सुरु हुनेछ । जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित