FLASH NEWS
  • Loading...

विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला वैशाखभर बन्द गर्ने सरकारको निर्णय

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १३५ पटक पढिएको
विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला वैशाखभर बन्द गर्ने सरकारको निर्णय

विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला वैशाखभर बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला वैशाखभर बन्द हुने भएको छ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी(२० क्रिकेट सिरिज दर्शकबिना सन्चालन हुनेछ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित