- Loading...
नेपाल र बङ्गलादेशबीच रेलमार्गसहित ४ विषयमा सहमति
- गोल्डेन खबर
- ३ साल अघि
- ८४ पटक पढिएको
काठमाडौं । नेपाल र बङ्गलादेशबीच रेलमार्गसहित ४ विषयमा सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको क्रममा दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपालको राष्ट्रपति भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर(सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गर्नु भएको छ ।
समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।