- Loading...
‘ओलीसँग ४८ वर्षे मायाप्रीति गाँसिएको छ, एकै रातमा टुट्दैन’– नेता नेपाल
- गोल्डेन खबर
- ३ साल अघि
- ८९ पटक पढिएको
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध छोटो खटपटले नटुट्ने बताउनु भएको छ ।
वरिष्ठ नेता नेपालले शनिबार आफू निकट युवा संघको भेलालाई सम्बोधन गर्दै ओली र आफूबीच लामो ४८ वर्षको लामो मायाप्रीति भएको उल्लेख गर्नुभयो । ओली र म बीच ४८ वर्षको मायाप्रीति छ, उहाँले भन्नुभयो, एकैरातको खतपटले हामीबीचको मायाप्रीति छुट्दैन ।
नेता नेपालले आफूहरूले एकताको हात बढाउँदा पनि ओलीले पन्छाउन खोजेको दुखेसो पोख्नु भयो। अध्यक्ष ओलीले फागुन २८ गते मनखुसी केन्द्रीय कमिटीबाट गराएका निर्णय स्वीकार गरी आफू लुरुलुरु बालुवाटार नजाने नेता नेपालको भनाई छ ।
नेता नेपालले आफूहरू अध्यक्ष ओलीसँगसँगै जाने पक्षमा रहेको तर उहाँ तयार नभएको बताउनु भयो । ‘केपी कमरेडलाई मेरो प्रस्ताव छ, नयाँ ढंगबाट जाऔं, एकताको बाटोमा अगाडि बढौं । त्यसका लागि २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठकका निर्णय अवैध भएकाले फिर्ता लिनुस् । त्यसो भयो भने केन्द्रीय कमिटीको बैठक नवौं हुनेछ र हाम्रो बैठक त्यहींबाट सुरु हुनेछ,’ नेपालले भन्नु भयो।