- विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी |
- राजनीतिमा पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको प्रवेशलाई कुनै रोकावट छैन : प्रचण्ड |
- बार्सिलोनाको नाटकीय जित, सेल्टा भिगोलाई ४–३ ले पराजित |
- राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने |
- सुमना श्रेष्ठले सहमहामन्त्रीबाट दिएको राजीनामाबारे रास्वपाले केही दिनमा उनीसँगै बसेर छलफल गर्ने |
व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग
- गोल्डेन खबर
- ४ साल अघि
- १५३ पटक पढिएको


नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गर्नुभएको हो ।
“लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भन्नुभयो ।
महासङ्घले एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका दुई दर्जनभन्दा बढी व्यवसायी संस्था आबद्ध छन् ।