- Loading...
फ्रान्सेली खेलाडी एमबाप्पेलाई कोरोना संक्रमण
- गोल्डेन खबर
- ४ साल अघि
- ११२ पटक पढिएको
फ्रान्सेली राष्ट्रिय टोली एवम् फ्रेन्च क्लब पिएसजीका फरवार्ड किलियन एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको खेल गुमाउनेछन् ।
गत साता नेयमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले फ्रेन्च लिग वानको सुरुवाती खेल समेत गुमाउने शंका छ ।
२१ वर्षीय एमबाप्पेले यसअघि नेशन्स कपमा स्वीडेनलाई १-० ले हराउँदा निर्णायक गोल गरेका थिए । उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ र घर पठाइसकिएको छ ।
‘युइएफएद्वारा सोमबार गरिएको कोभिड-१९ परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको छ । उनलाई टिमबाट अलग गरिएको छ र प्रशिक्षणको अन्त्यमा रिजल्ट आएपछि घर पठाइएको छ,’ फ्रान्स पुटबल फेडेरेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्यसअघि पनि एमबाप्पेको परिक्षण भएको थियो र नेगेटिभ रिपोर्ट आएको थियो ।’