- Loading...
स्पेनका पूर्व राजा कार्लोसद्वारा देश छाड्ने घोषणा
- गोल्डेन खबर
- ४ साल अघि
- १३४ पटक पढिएको
स्पेनका पूर्व राजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको छ । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।
८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका हुन् । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।
पूर्व राजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको बताएका छन् ।
गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो ।
अति निपूर्णता पूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन रहेको बीबीसीका युरोप संवाददाता नीक बीकले बताएका छन् ।
पूर्व राजा अब कुन देशमा बस्ने छन् भन्ने खुलेको छैन, तर स्पेनिस सञ्चारमाध्यमहरुले उनी अब देश भने नरहेन बताएका छन् ।