FLASH NEWS
  • Loading...

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १७१ पटक पढिएको
चौध लाख नगदसहित चार जुवाडे पक्राउ

जिल्लाको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरूलाई पक्राउ गरेको हो।

सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार रूपैयाँ नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ।

उनीहरूको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

जुवा खालबाट ठूलो रकमसहित जुवाडे पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो।

रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित