FLASH NEWS
- Loading...
सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै
- गोल्डेन खबर
- ४ साल अघि
- १८६ पटक पढिएको


जनता समाजवादीकी सांसद लिलादेवी सिटौलाले आज शपथ लिने भएकी छन्। संघीय संसद सचिवालयको कृषि समितिको हलमा आज दिउँसो एक बजे शपथग्रहण कार्यक्रम राखिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनियताको शपथ दिलाउनेछन्। समाजवादीकी समानुपातिक तर्फकी सांसद सरिता गिरी कारबाहीमा परेपछि सिटौला निर्वाचित भएकी थिइन्।
राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै गिरीलाई समाजवादी पार्टीले कारबाही गरेको थियो। उनले नेपालले भारतसँग नसोधेर नक्शा जारी गरेको भन्दै संसद् बैठकमै आपत्ति जनाएकी थिइन्। त्यसपछि उनको जनस्तरबाटै चर्को आलोचना भएको थियो।
प्रतिक्रिया दिनुहोस