- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
काठमाडौंमा आज मात्र ४८ संक्रमित, ४९ औं व्यक्ति को मृत्यु
- गोल्डेन खबर
- ४ साल अघि
- १७२ पटक पढिएको


काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या हो।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमा काठमाडौंका ४८, ललिपुरका ४ र भक्तपुरका एक जना छन्।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल, टिचिङ, पाटन र नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललिपुरका एक जना छन्।
टिचिङ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एक जना छन्।
बाँकी २१ जना संक्रमितको परीक्षण भने नेपाल प्रहरी अस्पतालमा भएको हो।
पछिल्लो समय उपत्यका प्रवेश गर्ने व्यक्तिहरूको संख्या बढेसँगै संक्रमित संख्या बढेको हो।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बझाङका एक पुरुषको ९ साउनमा मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार मृतक बझाङको बुंगलका दमका रोगी थिए । उनी भारतको बैंगलोराट २४ असारबाट स्वदेश फर्किएका थिए । स्वास्थ्यमा समस्या भई मृत्यु भएका उनको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पत्ता लागेको थियो ।