FLASH NEWS
- Loading...
लकडाउन खुल्यो भन्दै चाडपर्वमा भिडभाड र उत्सव नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- गोल्डेन खबर
- ४ साल अघि
- ९४ पटक पढिएको
सरकारले साउन चाडपर्वको महिना भएकोले भिडभाड नगरी मनाउन आग्रह गरेको छ। कोरोनाको महामारी रहेकोले घरमा बसेर चाडपर्व मनाउने र पूजा प्रार्थना गर्नलाई स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्राडा जागेश्वर गौतमले बताए।
उनले भने,’घरमा पाहुना बोलाउने, जमघट गरेर रमाइलो गर्ने वा आस्थाका आधारमा धार्मिक समारोहमा सामिल हुने समय भएको छैन।’ बाहिर हेरेर कसलाई कोरोना संक्रमण छ या छैन भन्न गाह्रो हुने उनले जानकारी दिए। भिडमा सहभागी हुने प्रयास नगर्न उनले सुझाव दिए। नेपालमा कोरोना भाइरसको जोखिम कायमै रहेको उनले बताए।
आज १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन्। हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ छ। देशभर बिहीबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।
प्रतिक्रिया दिनुहोस