- Loading...
प्रचण्डले भने- ओलीसँग कुनै सहमति गरेको छैन
- गोल्डेन खबर
- ४ साल अघि
- ८९ पटक पढिएको
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए ।
तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको बताएका छन् । ‘हाम्रो कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ’ उनले भनेका छन् ।
प्रचण्डको भनाइअनुसार प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको खुमालटार बैठकमा सहभागी एक नेताले बताए।
‘तपाईंहरूको भावनाविपरीत म जानै सक्दिनँ। यो बैठकको भावना कमजोर हुनेगरी ल्याइएकोमात्रै हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने,‘राष्ट्रपतिकहाँ गएको पनि अपरझट गएको हो। कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन।’
प्रचण्डले राष्ट्रपतिसँगको भेटबारे भने प्रष्टसँग भनेका थिएनन्। शनिबार सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका थिए। ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि शितल निवास पुगेका थिए।
आइतबार बिहान प्रचण्ड निवास खुमालटारमा सचिवालय सदस्यसँगै स्थायी समिति सदस्यहरू रघुजी पन्त, भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सहभागी थिए। त्यस्तै प्रचण्ड निकटका स्थायी समिति सदस्यहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुषाललगायत पनि खुमलटार बैठकमा सहभागी थिए।
बैठकमा प्रचण्डले आफूले सहमति नगरेको दाबी गर्दै कमजोर बनाउनका लागि यस्ता प्रचार गरिएको बताएका थिए।