FLASH NEWS
- Loading...
दिनमा एउटा अनलाइन दर्ता हुनेरहेछ, कति अनलाइन चाहिने हो हामीलाई ? : सञ्चारमन्त्री
- गोल्डेन खबर
- ४ साल अघि
- ८५ पटक पढिएको
अर्थ– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए ।
सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका खतिवडाले गुणस्तरिय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताए । उनले भने, ‘‘एकदिनमा एउटा अनलाइन दर्ता हुने रहेछ, यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने होकि ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाइमा जाने होकिसंख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’”
प्रतिक्रिया दिनुहोस