- Loading...
एकैदिन १७ सय जना कोरोनामुक्त
- गोल्डेन खबर
- ४ साल अघि
- ७९ पटक पढिएको
सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।
यो अहिलेसम्म २४ घण्टाको अवधिमा धेरै डिस्चार्ज भएको संख्या हो। योसँगै डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ।
अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित छन्। यो तथ्यांकलाई हेर्दा ६१ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्।
सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै बढेको हो।
सोमबार देशभर रहेका २५ वटा प्रयोगशालाबाट ५ हजार ८ सय ५६ जनाको पिसिआर विधिबाट परीक्षण हुँदा १ सय ४४ जना संक्रमित थपिएका छन्।
क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ। पछिल्लो समय क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या घटेकाले परीक्षण संख्या पनि घटेको छ।