FLASH NEWS
  • Loading...

चिनियाँ राजदूतको सक्रियता बढ्दा योगेश भट्टराईको प्रश्नैप्रश्न : कसैको पनि कुरा सुन्नु राम्रो तर मान्ने नमान्ने अधिकार हाम्रो !

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८२ पटक पढिएको
चिनियाँ राजदूतको सक्रियता बढ्दा योगेश भट्टराईको प्रश्नैप्रश्न : कसैको पनि कुरा सुन्नु राम्रो तर मान्ने नमान्ने अधिकार हाम्रो !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुत सक्रिय भएको भन्ने प्रसंगमा टिप्पणी गरेका छन् ।

पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै गएका बेला चिनियाँ राजदूतको सक्रियता बढेपछि आएका प्रतिक्रियाको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । 

मन्त्री भट्टराईले कसैको पनि कुरा सुन्नु राम्रो हो तर मान्ने नमान्ने अधिकार हाम्रो भएको बताएका छन् ।

राजदुत यान्छीले यसअघि बैशाखमा पनि नेकपाभित्र विवाद हुदा सबै जसो शिर्ष नेतालाई भेटेर विवाद मिलाउन भूमिका खेलेको चर्चा चलेको थियो ।

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा प्रश्नात्मक शैलीमा भट्टराइले ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक ?’ भन्दै प्रश्न गरेका छन् । 

उनले भारत र चीनको तुलना गर्दै भारतले ‘फुटाउ र राज गर’को नीति अख्तियार गरेको र चीनले सहमति, एकता र सद्भावमा ध्यान दिएको बताएका छन्।

उनले नामै नलिइबकन भारतले संविधान बनाउन नदिएको, हिमाल, पहाड र तराईका बीचमा अन्तरविरोध चर्काएको, नोपलमाथि नाकाबन्दी लगाएको, पार्टीभित्रको अन्तरविरोधमा ध्यू थपेको आरोप समेत लगाएका छन्।

त्यस्तै उनले चीनको पनि नामै नलिइकन संविधान निर्माणमा सद्भाव राखेको, नेपालको समग्र एकताको प्रयत्न गरेको, भारतले नाकाबन्दी लगाउँदा नेपालीलाई बाँच्न देउ भनेको र दलहरुबीचको आन्तरिक उकता र नेपालको सम्मृद्धिप्रति सद्भाव राखेको उल्लेख गरेका छन्।

उनले अरुको कुरा सुन्नु राम्रो हो भन्दै निर्णय गर्ने अधिकार आफूमा रहेको बताएका छन्।

मन्त्री भट्टराईले विभिन्न चार बुँदामा आफ्नो टिप्पणी गरेका छन् ।

उनले भनेका छन् :

१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?
२. पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?
४. पार्टी/ पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?
कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ ।

कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित