- Loading...
नेकपा स्थायी कमिटी बैठक असार २६ गते सम्मका लागि स्थगित
- गोल्डेन खबर
- ४ साल अघि
- ८८ पटक पढिएको
नेकपा स्थायी कमिटीको बैठक असार २६ गतेसम्मलाई स्थगित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तय गरिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते शुक्रबार विहान ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
यसअधि आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सारिएको हो ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वार्तामा आजको बैठकमा निर्णयक सहमति गर्ने विषयमा छलफल भएपनि आज पनि बैठक स्थगित भएको हो ।
सोमबार र मंगलबार अध्यक्षद्धयले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित गरिएको छ।
नेकपाको आन्तरिक विवाद सतहमा आए पछि यतिबेला सर्वत्र चासो बढेको छ । यता असार १० गते देखि जारी स्थायी कमिटी बैठक पनि पछिल्ला दिनहरुमा सर्दै आएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ ।
पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।
बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । आज बस्ने भनेको स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएपनि एकाएक बैठक स्थगित भएको हो ।