FLASH NEWS
  • Loading...

लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा भारतका कर्णेलसहित दुई सैनिकको मृत्यु

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८८ पटक पढिएको
लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा भारतका कर्णेलसहित दुई सैनिकको मृत्यु

भारत-चीन सीमा विवाद बढ्दो छ । सोमबार राती लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

यसमा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको बताइएको छ । भारत–चीन सीमामा ५३ वर्षपछि अर्थात् सन् १९६७ पछि यस्तो स्थिती निम्तिएको स्रोतले बताएको छ ।

दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।

सन् १९६७ मा पनि यस्तै झडप भएको थियोः

११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै। चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित