- Loading...
कूटनीतिक रूपमा जमिन फिर्ता ल्याउन सहयोग गर्छाैं : देउवा
- गोल्डेन खबर
- ४ साल अघि
- ८९ पटक पढिएको
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा सहयोग गरेको जस्तै गरी कूटनीतिक रूपमा जमिन फिर्ता ल्याउने काममा पनि सहयोग रहने बताएका छन्।
सरकारले जारी गरेको नयाँ नक्शा अनुसार नेपालको निशान छाप परिमार्जनको लागि संविधान संशोधन गर्नका लागि बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले संविधान संशोधनमा विपक्षी दलको तर्फबाट पूर्ण सहयोग रहने बताए।
“कालीनदीको पूर्वी भाग नेपालको हो भन्ने कुरा स्पष्ट छ। पार्टीको केन्द्रिय समितिको बैठकले पनि संशोधनको पक्षमा सहयोग गर्ने निर्णय गरेको छ। केन्द्रिय समिति र संसदीय दलले पूर्ण रूपमा समर्थन गरेको छ”, देउवाले भने।
संविधान संशोधनमा सबै दल सहमत भएर राष्ट्रिय अखण्डता र सार्वभौमिकताको लागि सबै राजनीतिक दल एक छन भन्ने स्थापित भएको उनले बताए।
“कूटनीतिक प्रयासबाट जमिन फिर्ता ल्याउने काममा पनि विपक्षी दलको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छु”, देउवाले भने।