- Loading...
लिम्पियाधुराबाट भारतीय सेना फिर्ता पठाउने संकल्प पनि गरौंः गगन थापा
- गोल्डेन खबर
- ४ साल अघि
- ८६ पटक पढिएको
|Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS
नेपाली कांग्रेसले गगन थापाले नेपाली भूमीबाट भारतीय सेना फिर्ता पठाउन पनि संकल्प आवश्यक रहेको बताएका छन्।
नक्सा संशोधनका लागि सरकारले संविधान संशोधन विधेयक ल्याएकोमा स्वागत गर्दै थापाले सेना फिर्तामा पनि राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरे।
उनले संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै भने, ‘सेना पनि फिर्ता ठाउँछौं भन्ने संकल्प प्रस्ताव पारित गरौं। सरकारले कुरा मात्र होइन काम पनि गरोस्। सेना पठाउन सजिलो छैन, तर असंभव पनि छैन।’
उनले सदनमा दर्ता भएका तीनवटा संकल्प प्रस्तावलाई एउटै बनाएर पारित गर्नुपर्ने बताए।
थापाले लिम्पियाधुरा, कालापानी नेपालको अखण्ड भूभाग हो भनेर भनिरहनु नपर्ने दाबी गरे। ऐतिहासिक प्रमाण तथ्यले लिम्पियाधुरासम्मको भूभाग नेपालकै हो भन्ने पुष्टि गर्ने उल्लेख गरे।
थापाले नक्सा सार्वजनिक र संशोधनको विषयलाई कुनै व्यक्तिले मात्र गरेको हो भनेर देवत्वकरण गर्न नहुने उल्लेख गरे।
‘एकातिर चीनले उक्साए भनेर भन्ने र अर्कोतिर एउता व्यक्तिकारण मात्र संभव भयो भन्ने अतिवाद देखिन्छ, थापाले भने। उनले माटोको बारेमा मात्र कुरा गरेर मान्छे केही होइन मान्यता नराख्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे।