- Loading...
दाङमा २ स्वास्थ्यकर्मीसहित ९ संक्रमित थपिए
- गोल्डेन खबर
- ४ साल अघि
- ९३ पटक पढिएको
दाङमा दुई स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण भेटिएको हो।
नयाँ संक्रमितमध्ये तुलसीपुर उपमहानगरपालिकाका ५ जना, लमही नगरपालिकाका १ जना, गढवाका २ जना र राप्ती गाउँपालिकाका १ जना छन्।
संक्रमण देखिएकामध्य लमही नगरपालिका वडा नं. १ का ४० वर्षीय एक पुरुष र राप्ती गाउँपालिका वडा नं. ८ का ३६ वर्षीय १ पुरुष स्वास्थ्यकर्मी रहेको प्रष्ठिानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए। दुबै जना गढवास्थित जनता माविमा निर्मित क्वारेन्टिनमा खटिएकाहरु हुन्।
त्यस्तै तुलसीपुर वडा नं. ४ स्थित रक्षाचौर माविको क्वारेन्टिनमा बसेका मध्य तुलसीपुर ६ का २० वर्षीय १ जना, तुलसीपुर १५ का ३२ वर्षीय १ जना, तुलसीपुर १६ मा १८,२० र २३ वर्षीय गरी ३ जनामा कोरोना पुष्टि भएको छ।
उनीहरु सबै पुरुष भएको र जेठ ८ गते भारतको दिल्ली लगायतका स्थानबाट आएपछि सोझै क्वारेन्टिनमा लगेर राखिएका व्यक्तिहरु रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले बताए।
त्यसैगरी गढवास्थित जनता माविमा निर्मित क्वारेन्टिनमा रहेकाहरुमध्य गढवा ६ का १ जना ३६ वर्षीय पुरुष , वडा नं. ७ का २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। उनीहरु भारतबाट आएपछि क्वारेन्टिनमा बस्दै आएका थिए।
यो संगै दाङमा कोरोना संक्रमितहरुको संख्या ३४ पुगेको छ। त्यसमध्य एक जना भने उपचारपछि घर फर्किसकेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए।