- Loading...
भारतका चर्चित संगीतकार वाजिद खानको निधन
- गोल्डेन खबर
- ४ साल अघि
- १२० पटक पढिएको
बलिउड संगीतकार वाजिद खानको निधन भएको छ। दुई वर्षअघि मृगौला प्रत्यारोपण गरेका ४२ वर्षीय वाजिद विरामी थिए। उनमा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
परिवारका सदस्यका अनुसार वाजिदको घाटीमा इन्फेक्सन भएको थियो। उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए। आइतवार साँझ उनको निधन भएको हो।
वाजिद खानको गीत ‘भाई-भाई’ एक हप्ता पहिले रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ।
वाजिद आफ्ना भाई साजिद खानसँग मिलेर संगीत बनाउथे। बलिउडमा वाजिद-साजिदको जोडी लोकप्रिय मानिन्छ। वाजिद १९९८ मा सलमान खानको फिल्म ‘मैने प्यार किया’बाट चर्चामा आएका थिए।
वाजिदको निधनमा गायक सोनू निगम लगायत कलाकारले शोक व्यक्त गरेका छन्।
प्रियंका चोपडाले पनि उनको मृत्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’