FLASH NEWS
- Loading...
लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय
- गोल्डेन खबर
- ४ साल अघि
- ९३ पटक पढिएको
सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । लकडाउनको मोडालिटी भने हेरफेर हुनसक्ने बताइएको छ ।
बैठकले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।
लकडाउनको मोडालिटी परिवर्तन हुने वा निरन्तरता हो भन्नेबारे भने खुलाइएको छैन। मन्त्रिपरिषद्को निर्णयबारे सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले केही बेरमा औपचारिक जानकारी दिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस