- Loading...
कर्णालीमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
- गोल्डेन खबर
- ४ साल अघि
- ९३ पटक पढिएको
कर्णाली प्रदेशमा पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनस्पुष्टि भएको कर्णाली प्रदेश प्रयोगशालाका निर्देशक डा. रीता भण्डारीले जानकारी दिइन्। यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९ पुगेको छ।
सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन्।
संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका-१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए ।
आइतबार पुष्टि भएका समेत दैलेखमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेशको हिसावले शनिबार सुर्खेतमा फेला परेका भनिएका ३ जना समेत कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या ९ पुगेको छ।