FLASH NEWS
- Loading...
लकडाउन बढाए सामाजिक द्वन्द्व बढ्छ
- गोल्डेन खबर
- ४ साल अघि
- ८१ पटक पढिएको
मुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गठन गरेको लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिले अब लकडाउन खुकुलो बनाउँदै अघि बढ्न सुझाव दिएको छ ।
समितिले पार्टीका सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
“सरकारले पूरै देश लकडाउन गर्दा पनि समस्या समाधान हुनुको सट्टा बढ्दै जानुको एउटै कारण खुला सिमाना र अव्यवस्थित तयारी नै हो । अझै पनि बिना कुनै योजना लकडाउन बढाउँदै जाने हो भने सामाजिक द्वन्द्व बढ्ने निश्चित छ । अब यो अवधिको लकडाउन सकिएपछि आवश्यक सुरक्षा अपनाउँदै लकडाउन खुकुलो पार्नुपर्छ ।”
नेपाली कांग्रेसका सांसद समेत रहेका उद्योगी विनोद चौधरीको नेतृत्वमा समिति गठन भएको थियो । समितिले सभापति देउवालाई सो प्रतिवेदन आइतबार बुझाएको छ ।
यस्तो छ प्रतिवेदन
प्रतिक्रिया दिनुहोस