FLASH NEWS
  • Loading...

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९१ पटक पढिएको
विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख ९५ हजार ९ सय ४१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ६ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९० हजार ६ सय ७८, ब्राजिलमा २ लाख ५४ हजार २ सय २०, बेलायतमा २ लाख ४७ हजार ७ सय ९, स्पेनमा २ लाख ३१ हजार ६ सय ६, इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख १८ हजार २ सय १३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९० हजार ३ सय ९ जना छ।

त्यस्तै, बेलायतमा ३४ हजार ८ सय ७६, इटालीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २ सय ४२ को मृत्यु भइसकेको छ।

विश्वभर १७ लाख ८४ हजार ६ सय ५३ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २ लाख ८३ हजार १ सय ७८, जर्मनीमा १ लाख ५५ हजार ४१, स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन ८० जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमितहरुमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमणमुक्त भएका छन्। एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित