- Loading...
काभ्रे र तेह्रथुममा विमानस्थल बनाइने
- गोल्डेन खबर
- ४ साल अघि
- ७९ पटक पढिएको
सरकारले आगामी आर्थिक वर्षदेखि काभ्रे र तेह्रथुमको उपयुक्त स्थानमा विमानस्थल निर्माण गर्ने भएको छ । आगामी आर्थिक बर्षका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रममा यो विषयलाइ समावेश गरिएको हो ।
यस्तै आगामी आर्थिक वर्षभित्र त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलको रुपमा विकास गरिने र अर्को बर्षदेखि गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालजमा आउने सरकारको भनाई छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनको पूर्व तयारी गरिनेनिजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गरिने जनाएकी छिन् ।
सरकारले थप आठ वठा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको र आठ विमानस्थलमा रात्रीकालीन उडान र अवतरण सुरु गरिएको जनाइएको छ । सरकारले आगामी आर्थिक वर्षमा थप दुई वटा आन्तरिक विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।