- Loading...
राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
- गोल्डेन खबर
- ४ साल अघि
- ८० पटक पढिएको
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो ।
उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो ।
शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्, जहाँ उपराष्ट्रपति पुनको पनि सहभागिता रहने छ ।
यसअघि संसद सचिवालयले सांसदहरु, मर्यादापालक, कर्मचारी, सुरक्षाकर्मीलगायतको पनि कोरोना परीक्षण गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयका स्वास्थ्य इकाइ प्रमुख डा। पुष्प रिजालले जानकारी दिए ।