FLASH NEWS
  • Loading...

उदयपुरको भुल्केका ८ जना संक्रमित ठिक भए, शुक्रबार डिस्चार्ज हुदै

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८४ पटक पढिएको
उदयपुरको भुल्केका ८ जना संक्रमित ठिक भए, शुक्रबार डिस्चार्ज हुदै

दयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएपछि शुक्रबार बिहान डिस्चार्ज गरिने भएको छ ।

विराटनगरको कोशी अस्पतालमा उपचाररत उनीहरूको शुक्रबार डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

निको भएका ८ जनामध्ये एक जना भारतीय पनि छन् । यसअघि पनि कोसी अस्तपालमै उपचाररत ६ जना संक्रमित निको भएका थिए ।

संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइटा नतिजा नेगेटिभ आउनुपर्छ ।

उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । जसमा १५ जना निको भएका छन् । थप १३ जना अस्पतालमै छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । तर निको भएका तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ९९ जनामा संक्रमण भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित