- Loading...
आफूहरु निर्दोष रहेको भन्दै बस्नेत, श्रेष्ठ र खनाल पुगे मानवअधिकार आयोग
- गोल्डेन खबर
- ४ साल अघि
- ८५ पटक पढिएको
सत्तारुढ दलका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ९किसान० तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।
गत बैशाख १० गते उनीहरुले समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौंसम्म अपहरण गरि ल्याएको भन्ने आरोप रहेको छ ।
सोमवार आयोग पुगेर उनीहरुले सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको समेत बताएका छन् ।
डा। यादवले वैशाख १८ गते आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकारमा उनीहरु विरुद्ध उजुरी रहेको छ ।
सांसद यादवको अपहरण आफुहरुले नगरेको भन्दै सोमवार उनीहरुले आफुहरुको रक्षा गरिदिन माग गर्दै उजुरी दिएका हुन् ।
पूर्व मन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसदलाई सांसद बस्नेत, श्रेष्ठ तथा पूर्वआईजीपी खनालले महोत्तरीस्थित उनको घरमै गइ काठमाडौं ल्याएका थिए ।