FLASH NEWS
  • Loading...

कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो, मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १२१ पटक पढिएको
कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो, मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् ।

एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरेका हुन् ।

बिहीबार एक जना पत्रकारले ट्रम्पलाई प्रश्न गरे– कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ रु के तपाईँसँग कुनै प्रमाण छ रु

यो प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘अवश्य मसँग छ । चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठनलाई लाज हुनुपर्ने हो । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको छ ।’

‘चीनले जानीबुझी वा भुलवश यस्तो गल्ती गरेको हो, यसबारेमा भने थाहा छैन । अथवा कुनै लक्ष्य पूरा गर्न गरेको हो । मलाई थाहा छ, मानिसहरुलाई हुबेई प्रान्तदेखि बाहिर बाँकी चीनमा जाने अनुमति थिएन तर पूरै विश्वमा जाने अनुमति थियो । पूरै चीनमा आवत जावतमा प्रतिबन्ध लगाइएको थियो तर विश्वभर जानका लागि कुनै प्रतिबन्ध थिएन । यो निकै गलत भयो । यो निकै कठिन प्रश्न हो र यसको उत्तर पाउन बाँकी छ’, ट्रम्पले भने ।

कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने दुई लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यद्यपि कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या अमेरिकामा धेरै छ । अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैको सङ्क्रमण पुष्टि भएकोमा ६३ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।

कोरोना भाइरसलाई लिएर पछिल्लो समय अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आए पनि चीनले अस्वीकार गर्दै आइरहेको छ । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित