FLASH NEWS
  • Loading...

बलिउड अभिनेता इरफान खानको निधन

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९१ पटक पढिएको
बलिउड अभिनेता इरफान खानको निधन

चर्चित बलिउड अभिनेता इरफान खानको ५३ वर्षको उमेरमा निधन भएको छ । उनि दुइ वर्ष देखि न्यूरो इंडोक्राइन ट्यूमर संग संघर्ष गरिरहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलबार मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलको आइसीयुमा राखिएको थियो ।

केहि दिन अघि उनकी आमाको निधन भएको थियो र लकडाउनको कारण उनि अन्तिम संस्कारमा सहभागी हुन पनि सकेका थिएनन् ।

इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बॉक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल फिल्महरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका छन् भने भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पनि प्राप्त गरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित