FLASH NEWS
  • Loading...

बाबुरामले प्रधानमन्त्रीको आलोचना गर्दा रेडियो नेपालले माग्यो माफी

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८० पटक पढिएको
बाबुरामले प्रधानमन्त्रीको आलोचना गर्दा रेडियो नेपालले माग्यो माफी

पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।

सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा। भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समिति ९रेडियो नेपाल०ले माफी मागेको हो ।

विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ती जारी गरेर क्षमा मागेका हुन । ‘‘पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् ।

‘अन्तरसम्वाद’ रेडियो नेपालमा दैनिक प्रसारण हुने कार्यक्रम हो । डा। भट्टराईसँग समाचार महाशाखा प्रमुख डा। नवराज लम्सालले अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘भष्मासुर’, ‘अपहरणकारी’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए ।

कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ । अन्तर्वार्तामा प्रयोग भएको भाषाको सन्दर्भ रेडियो नेपालमा यस्तो घट्ना दोस्रो पटक भएको हो ।

संयोगवश २०६९ डा. भट्टराई प्रधानमन्त्री भएकै बेलामा पनि झण्डै यस्तै घट्ना भएको थियो ।

त्यतिबेला कांग्रेस नेता मनमोहन भट्टराईले डा। भट्टराईलाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर सरकारले स्पष्टीकरण सोधेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित