FLASH NEWS
  • Loading...

ओली र नेपाल समूह बीचको वार्ता सकियो, स्थायी कमिटी बैठक बोलाइने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८२ पटक पढिएको
ओली र नेपाल समूह बीचको वार्ता सकियो, स्थायी कमिटी बैठक बोलाइने

नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह बीचको वार्ता सकिएको छ ।

बैठकमा सहभागी नेताहरु सचिवालय र स्थायी कमिटी बैठक बोलाउनेमा सहमत भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको समस्या हल गर्न दुवै समूहका नेताहरु छलफलमा बसेका थिए ।

बैठकमा सचिवालय बसेर स्थायी कमिटीको मिति तय गर्ने सहमति भएको बैठकमा सहभागी स्थायी कमिटी नेता सुरेन्द्र पाण्डेले बताए । उनले भने, “भोलि (मंगलबार) सचिवालय बोलाइने भएको छ । त्यसैबाट स्थायी कमिटी बैठक बोलाइने छ ।”

बरिष्ठ नेता नेपाल समूहले तत्काल पार्टी बैठक बोलाउनुपर्ने माग गरेको थियो । नेता नेपालले आइतबार मात्रै आफू निकट स्थायी कमिटी नेताहरुको भेला गरेका थिए । भेलाले तत्काल स्थायी कमिटी बैठक बसेर निर्णय अध्यादेश प्रकरण, सरकार र पार्टीबारे छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

छलफलमा ओली समूहका नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र शंकर पोखरेल तथा नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छलफलमा बसेका थिए ।

अध्यादेश प्रकरण पछि नेकपामा असन्तुष्टि बढेको छ । पार्टीमा बिना छलफल प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै सचिवालयकै नेताहरु असन्तुष्ट बनेका छन् ।

सोमबार नै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम बीच भेटवार्ता भएको छ । नेताहरु खनाल र गौतम दाहालसँग भेटवार्ता गर्न खुमलटार पुगेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित