FLASH NEWS
  • Loading...

काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १३७ पटक पढिएको
काठमाडौंमा अलपत्र परेका तेह्रथुमेलाई घर लगिने

लकडाउनले काठमाडौंमा अलपत्र बनेका तेह्रथुमेहरुलाई घर लैजान आठराई गाउँपालिकाले गाडी पठाउने भएको छ ।
तेह्रथुम सरोकार समाजसँगको समन्वयमा गाउँपालिकाले काठमाडौं, ललितपुर, भक्तपुर लगायत आसपासका जिल्लामा समेत अलपत्र परेका आप्नो गाउँपालिका क्षेत्रका नागरिकहरुलाई घर लैजानकालागि गाडी पठाउने भएको हो ।

अध्ययन, अध्यापन, पेशा, व्यवसाय, औषधीउपचार, रोजगार तथा अन्य कामको सिलसिलामा काठमाडौंमा रहेकालाई गाउँपालिकाले खान र यातायात खर्च ब्यहोरेर गाउँ फर्काउन लागेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।

‘आउँदा लाग्ने खर्च गाउँपालिकाले ब्यहोछ, लकडाउनका बेला अलपत्र परेर भोक भोकै बस्नु नपरोस् भनेर यो पहल लिएका हौं,’ अध्यक्ष लिम्बुले भने, ‘गाउँ फर्किएपछि आवश्यकताअनुसार क्वारेण्टाइनमा पनि राखिनेछ ।’

शंकास्पद मान्छेहरुलाई राख्नकालागि गाउँपालिकाले २५ शैयाको क्वारेण्टाइन तयार राखेको छ । घर आएकाहरुको स्वास्थ्य परीक्षण र हिस्ट्री हेरेर आवश्यकताअनुसार घरमै सेल्फ क्वारेण्टाइनमा राख्ने वा गाउँपालिकाको क्वारेण्टाइनमा राख्ने भन्ने निर्णय हुने अध्यक्ष लिम्बुले जानकारी दिए । घर फर्किन चाहनेहरुले तेह्रथुम सरोकार समाज वा गाउँपालिकामा सम्पर्क गर्न सक्नेछन् ।

तेह्रथुम सरोकार समाजले काठमाडौँमै रहने र समस्या भएकाहरुलाइ केही राहत र घर जान चाहनेलाइ गाउँपालिकासँग समन्वय गरी गाडीको प्रबन्ध मिलाइएको समाजका उपाध्यक्ष भगिमान गुरुङले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित