- Loading...
नेविसंघद्वारा भोलि सरकारविरुद्ध देशभर विरोध प्रदर्शनको घोषणा
- गोल्डेन खबर
- ४ साल अघि
- ९९ पटक पढिएको
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको छ ।
विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।
अध्यक्ष ढंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्याले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न आग्रह पनि गरेका छन् ।
विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।