- Loading...
चीनबाट मेडिकल सामग्री खरिदका लागि सेनाले गर्यो २ अर्ब २५ करोड बढीको सम्झौता
- गोल्डेन खबर
- ४ साल अघि
- १०० पटक पढिएको
नेपाली सेनाले चीनबाट करिब सवा दुई अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री खरिद गर्न सम्झौता गरेको छ ।
सेनाले मंगलबार ‘भिडिओ कन्फरेन्स’मार्फत् पत्रकार सम्मेलन गरी गत आइतबार चीनसँग मेडिकल सामग्री ल्याउने सम्झौता भएको जनाएको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले एक करोड ८४ लाख ४१ हजार डलर बराबरको मेडिकल सामग्री ‘जीटुजी’ प्रक्रियाबाट खरिद गर्न लागेको जानकारी दिए ।
सम्झौताअनुरूप चीनबाट ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याइने छ भने अत्यावश्यक सामग्री हवाईमार्ग र अन्य स्थलमार्गबाट ल्याइने छ ।
चीनको ग्वान्जाओेबाट पहिलो चरणमा अतिआवश्यकीय सामग्री हवाईमार्गबाट आउने र अन्य सामग्री विभिन्न चरणमा ल्याइने भन्दै उनले स्थलमार्गबाट आउने सामानको ‘डेलिभरी’ काठमाडौंमै दिने ठेकेदारको खोजी भइरहेको जानकारी दिए ।
यसैगरी, औषधि भने भारतबाट ल्याउने तयारी भइरहेको पनि सेनाले जनाएको छ ।