- Loading...
ट्रम्प प्रशासन असफल भएको भन्दै प्रदर्शन
- गोल्डेन खबर
- ४ साल अघि
- १३३ पटक पढिएको
अमेरिकामा अहिलेसम्म ४० हजारभन्दा बढी मानिसको ज्यान गएको छ । त्यहाँ ७ लाख ६४ हजार ३०३ जना मानिस संक्रमित भइसकेका छन् भने ७१ हजार मानिस निको भएका छन् ।
बीबीसीका अनुसार अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क २४ घण्टामा ५४० मानिसको मृत्यू भएको छ । यहाँ अहिलेसम्म १७ हजार ६७१ मानिसको ज्यान गएको छ । त्यहाँका गभर्नर एन्ड्रयू क्यूमोले अस्पतालमा बिरामीको संख्या घटिरहेको बताएका छन् । उनले राज्यको अर्थतन्त्र तीव्ररुपमा खोल्दा संक्रमणको जोखिम झन् बढ्ने बताएका छन् ।
न्यूयोर्क सिटीमा ट्रम्प इन्टरनेशनल होटल अगाडि सडकमा नक्कली शव राखेर मानिसहरुले ट्रम्प प्रशासनको कोरोना नीतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । यसक्रममा एक प्रदर्शनकारीले भने, ‘ट्रम्प प्रशासन आफ्नो काममा पूर्णरुपमा असफल भइसकेको छ ।’
सीएनएनका अनुसार अमेरिकाका कयौं राज्यमा मानिसहरु स्टे एट होम आदेशविरुद्ध प्रदर्शन गरिरहेका छन् । मिसिगन, केन्टकी, मिनिसोटा, नर्थ क्यारिलोना, ओहियोमा सयौं मानिसहरु सडकमा निस्किएका छन् ।
म्ष्कज)ज्यmभ
यसैबीच पत्रकारविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट भएका छन् । ह्वाइट हाउसमा पत्रकार सम्मेलनको क्रममा ट्रम्प न्यूयोर्क टाइम्सको रिपोर्टर म्यागी हैबमनविरुद्ध भड्किएका हुन् ।उनले लेखेको रिपोर्टसँग ट्रम्प रुष्ट देखिएका छन् ।
उनले भने, ‘यो उही म्यागी हैबम्यान हुन् जसले रुसको स्टोरीबापत् पुलिट्जर पुस्कार जितेका थिए । तर उक्त स्टोरी नै गलत थियो । उनले उक्त पुरस्कार फिर्ता गर्नुपर्छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले शनिबार भनेका छन्, ‘मैले थाहा पाएँ कि चीन भाइरसका लागि जिम्मेवार छ । यदि यो सही हो भने उसले गम्भीर परिणाम भोग्नुपर्छ । मृत्यूदरमा अमेरिका होइन, चीन नम्बर एकमा छ । चीनले संसारमा गलत तथ्यांक प्रस्तुत गरिरहेको छ ।’