FLASH NEWS
  • Loading...

इटहरीमा लकडाउन उल्लंघन गर्ने ३ सय बढी नियन्त्रणमा, सडकमा उभ्याएर कारबाही

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १३२ पटक पढिएको
इटहरीमा लकडाउन उल्लंघन गर्ने ३ सय बढी नियन्त्रणमा, सडकमा उभ्याएर कारबाही

लकडाउनको समयमा विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि प्रहरीले नयाँ कदम चालेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० धर्मराज भण्डारीका अनुसार लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले उभ्याएर कारबाही सुरु गरेको हो।

हामीले ‘आज मात्रै ३ सय ३ जनालाई पक्राउ गरी उभ्याएर कारबाही गर्यौँ,’ भण्डारीले टेलिफोनमा भने, ‘इटहरीका भित्री सडकखण्डमा विशेषगरी काम बिना नै मानिसहरु हिंड्ने गरेको पाइएको छ, हामी निरन्तर खटिरहेका छौँ।’ सर्वसाधारण मानिसहरुले प्रशासनको फाइदाका लागि लकडाउन लगाएको बुझ्ने उनले बताए। उनले भने, ‘कसरी सम्झाउने समस्या छ, हामीले दुई घण्टासम्म त उभ्याएर सचेतना गराउँछौँ, उहाँहरु बुझ्नुहुन्न।’

उनले मोटरसाइकल समेत नियन्त्रणमा लिएकाले लकडाउनपछि मात्रै दिने बताए। ‘हामीले आज मात्रै ८ वटा मोटरसाइकल नियन्त्रणमा लियौँ, तरहरा क्षेत्रमा मात्रै हिजो २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको अवस्था छ,’ उनले भने, ‘अस्ति–अस्तिका समेत मोटरसाइकल नियन्त्रणमा लिएका कारण आजबाट केही कम भएको छ, हामी अब लकडाउनपछि मात्रै यी मोटरसाइकल फिर्ता गर्छौँ।’ यसअघि इटहरी प्रहरीले लकडाउन पालना नगर्नेहरुलाई नियन्त्रणमा लिन मेन क्याच डिभाइस तयार पारेको थियो भने इटहरी क्षेत्रमा कोरोनाबाट बच्न घरबाहिर ननिस्कने सन्देशसहितको गीतमार्फत समेत सचेतना जगाउने काम गर्दै आएको छ।

उता, धरान उपमहानगरमा भने लकडाउन उल्लंघन गर्नेहरुलाई इलाका प्रहरी धरानले पब्लिक स्कुलमा राख्ने गरेको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई चौरीमा राखेर सचेतना गराई घर पठाउने गरिएको धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित