FLASH NEWS
  • Loading...

विश्वभरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८७ पटक पढिएको
विश्वभरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले पुरै विश्वलाई हल्लाईदिएको छ । यसका कारण विश्वका आधा जनसंख्या घरमै बस्नका लागि बाध्य भएका छन् । सडक, स्कूल, कलेज,मल तथा धार्मिक स्थल सुनसान भएका छन् ।

हालसम्म लगभग विश्वको पुरै देश यसको चपेटामा आइसकेका छन् । कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख ५० हजार भन्दा बढी पुगेको छ भने मर्नेको संख्या १ लाख ३७५ पुगेको छ । ३ लाख ६८ हजार ६६८ मानिस उपचारपछि निको समेत भएका छन् । यो घातक भाइरसबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८४८ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसका बिरामीको संख्या ४ लाख ७५ हजार ७४५ भन्दा बढी रहेका छन् । यद्यपि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको आधारमा भने इटालीपछि अमेरिका दोस्रो स्थानमा रहेको छ । अमेरिकामा पनि १८ हजार भन्दा बढीको ज्यान गएको छ । तेस्रो स्थानमा स्पेन छ । यहाँ १५ हजार ९७० को कोरोना भाइरसका कारण ज्यान गएको छ ।

बेलायतमा मृतकको संख्या ९ हजार नजिक
विगत २४ घन्टाको अवधिमा बेलायतमा कोरोनाभाइरसबाट ९८० को मृत्यु भएको छ । बेलायतमा यो संख्या कुनै पनि एक दिनको सबैभन्दा बढी हो । यसका साथै बेलायतमा कोरोनाभाइरसबाट मर्नेको संख्या ८ हजार ९५८ भन्दा बढी पुगेको छ । यहाँ यसका बिरामीको संख्या ७१ हजार ७५ भन्दा बढी पुगेको छ ।

फ्रान्समा हालसम्म १३ हजार १९७ को मृत्यु
यहाँ विगत २४ घन्टाको अवधिमा ९८७ को ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोनाभाइरसबाट मर्नेको संख्या १३ हजार १९७ पुगेको छ । यहाँ १७ मार्चदेखि लकडाउन लागू गरिएको छ । बेल्जियममा कोरोनाभाइफ्रसबाट ३००० मानिसको मृत्यु भइसकेको छ । विगत २४ घन्टामा यहाँ ४९६ ले आफ्नो ज्यान गुमाएका छन् । यसैगरी विगत २४ घन्टाको अवधिमा स्पेनमा ६०५ ले आफ्नो ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित