FLASH NEWS
  • Loading...

डलरकाे भाउ अहिलेसम्मकै महँगाे

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ११९ पटक पढिएको
डलरकाे भाउ अहिलेसम्मकै महँगाे

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी १ डलरको बिक्री दर एक सय २१ रुपैयाँ ३१ पैसा थियो ।

त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिद दर एक सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो ।

केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित