FLASH NEWS
  • Loading...

वैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १५२ पटक पढिएको
वैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गते सम्म बन्द लम्बिएको छ । मंगलबार बसेको कोरोना भाइरसको सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा भने कुनै निर्णय भएन । आन्तरीक उडान वैशाख ३ गते सम्म बन्द गर्ने सरकारले यसअघि निर्णय गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित