FLASH NEWS
  • Loading...

बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गर्न काठमाडौँबाट हिँड्यो टोली

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८२ पटक पढिएको
बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिड टेस्ट गर्न काठमाडौँबाट हिँड्यो टोली

काठमाडौँबाट स्वास्थ्य प्रावधिकसहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही अनुसार प्रावधिकसहितको टोली पठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर मंगलबारबाट ‘र्‍यापिड टेस्ट’ गर्ने काम गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित