- Loading...
हरेक तहका प्रहरीलाई सहकर्मी साथी ठान्ने डिएसपी भरतको सहयोग
- गोल्डेन खबर
- ४ साल अघि
- ८२ पटक पढिएको
कमलपोखरी प्र.ना.उ भरत बहादुर बि.क.द्धारा आफ्नो कार्यालय मातहतमा रहेका ५ वटा युनिट महानगरीय प्रहरी बिटलाई स्वच्छ तथा तातो पानी तताउने कित्ली वितरण ।
प्रहरी ब्रित्तका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क सकल प्रहरी प्रशासनका लागि अबल नाम हो । प्रहरी नायव उपरिक्षक बि.क को कार्य क्षमताको प्रहरी प्रशासन भित्र सदैव चर्चा परिचर्चा हुने गरेको पाइन्छ ।
राजनीतिक नेता र सत्तासिन नेताको चाकडि गरेर तलुवावाल प्रहरी प्रशासकहरुको भिडबाट अलग रहेको सच्चा र इमान्दार प्रहरी अधिकृत हुन प्रहरी नायव उपरिक्षक भरत बहादुर बि.क. । त्यति मात्र होईन सामाजिक रुपमा उत्पिडनमा रहदै आएको तमाम दलित समुदायको शान हुन डिएसपी भरत । सकल प्रहरीको हित चिताउने डिएसपी बि.क फटाहा र अराजकहरुका अजात शत्रु पनि हुन ।
त्यसैले पनि प्रहरी प्रशासन भित्र आशालाग्दा प्रहरी प्रशासकका रुपमा उनलाई हेरिने गरिएको छ । डिएसपी भरत बहादुर वि.क जुनियर प्रहरीहरु माझ पनि उत्तिकै लोकप्रिय छन् । उनले आफू मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको ख्याल राख्ने गरेका छन् ।
जसको फल स्वरुप उनलाई मातहतका प्रहरी परिवारले निकै सम्मान गर्ने गरेका छन् । पछील्लो समयमा उनले त्यस्तै उदाहरणिय कार्य गर्दै सकल प्रहरीको नाम उच्छ पारेका छन डिएसपी बिकले ।
उनले कार्यालय मातहतमा रहेका ५ वटा युनिट महानगरीय, प्रहरी प्रभाग बालुवाटार, महानगरीय प्रहरी बिट गहनापोखरी, महानगरीय प्रहरी बिट कालोपुल, महानगरीय अस्थायी प्रहरी बिट हात्तिसार, महानगरीय अस्थायी प्रहरी बिट प्रज्ञा भवनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई हाल विश्व भर विकराक रुपमा फैलिरहेको कोरोनाको सक्रमणको जोखिमबाट बचाउन पहलकदमी लिएर फेरि उनले आफू भित्रको स-हृदयता प्रस्तुत गरेका छन् ।
स्वास्थ्य सचेतनालाई मध्यनजर राखी उनले मातहतका कार्यालयमाकार्यरत प्रहरी कर्मचारीहरुलाई जोखिम न्युनिकरणको निमित्त स्वच्छ तथा तातो पानी पिउने व्यवस्था मिलाउने हेतुले ६ लिटर क्षमताको पानी तताउने कित्ली वितरण गरेका छन् । कित्त्लि वितरणको क्रममा प्र.ना.उ. भरत बहादुर बि.क.ले तातो पानीले प्रशस्त रुपमा पिउदा जोखीम न्युनिकरण हुने हुँदा कित्त्ली वितरण गरिएको बताए ।